काठमाडौं – काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले २४०० मतले अग्रता लिनु भएको छ ।
आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार डंगोलले ३३८४ मत ल्याएकी छन् भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९९२ मत पाएकी छन् ।
त्यस्तै राप्रपाकी विनिता मगैयाले ७६०, स्वतन्त्र उम्मेदवार दिव्या श्रेष्ठले ३६१, विवेकशील साझा पार्टीकी कीर्ति तुलाधरले १५७ मत पाएकी छन् ।
सत्तारुढ गठबन्धनले काठमाडौं महानगरपालिकाको मेयर नेपाली कांग्रेसले र उपमेयर एकीकृत समाजवादीले लिने सहमति गरेका थिए ।





प्रतिक्रिया