सोलुखुम्बु – थुलुङ दुधकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका असिम राई र उपाध्यक्षमा सविता राई निर्वाचित भएका छन् ।
९ हजार ७८८ मत खसेको थियो । राईले गाउँपालिका अध्यक्षमा करीब पाँच सय मतान्तरसहित जित्नु भएको हो । उहाँले ४ हजार ४९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका वीर बहादुर गुरुङले ३ हजार ५ सय ११ मत पाए । एमालेका आङबाबु राई १ हजार ६०१ मतमा समेटिए ।
त्यस्तै, उपाध्यक्ष पदमा सविताले करिब ३ सय मतान्तरले निर्वाचित हुनु भएको छ । उहाँले ३ हजार ८ सय मत प्राप्त गर्दा कांग्रेसकी एका कुमारी कार्कीले ३ हजार ५ सय २३ मत पाउनु भयो ।
एमालेकी कल्पना गिरीले १ हजार ७४६ मत पाएका थिए । उहाँहरु दुवै दोस्रो पटक थुलुङ दुधकोशीको नेतृत्वमा दोहोरिएका छन् । विजयी बनेपछि अध्यक्ष राईले काम र जनसेवामा प्रतिबद्धता जनाएका छन् ।
पालिकामा माओवादी केन्द्रको नेतृत्व आउँदै गर्दा ५ वडामा समेत जित निकालेको छ । वडा नं २, ५, ७, ८ र ९ मा माओवादी केन्द्रका वडाअध्यक्ष निर्वाचित भएका छन् ।





प्रतिक्रिया