अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भरतपुरमा अघि अघि विजय,पछि पछि रेणु

भरतपुरमा अघि अघि विजय,पछि पछि रेणु


भरतपुर- भरतपुर महानगरपालिकामा अहिले बिहान सवा ५ बजेसम्म ९३७० मत गणना सकिएको छ । पछिल्लो विवरण अनुसार मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी १८ मतले अगाडि हुनुहुन्छ ।
उहाँले ३३२४ मत ल्याउँदा गठबन्धनबाट माओवादी उम्मेदवार रेणु दाहालले ३३०६ मत ल्याएर पछ्याइरहेकी भएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११८७ मत प्राप्त गर्नुभएको छ ।

उपमेयरमा चित्रसेन अधिकारीले ३६८८ ल्याउँदा एमालेसँग गठबन्धनमा उम्मेदवार भएकी राप्रपाकी हिमला गुरुङले २६५० मत प्राप्त गर्नुभएको छ ।
अहिले वडा नम्बर ३ को गणना जारी छ । यहाँ १२७९ मत गनिसकिएको छ ।