अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मतगणना सम्बन्धी आयोगको नयाँ निर्देशन

मतगणना सम्बन्धी आयोगको नयाँ निर्देशन


काठमाडौं- निर्वाचन आयोगले मतगणना सम्बन्धमा निर्देशन जारी गरेको छ । कस्तो अवस्थामा मत बदर हुने र कस्तो अवस्थामा नहुनेभन्दै आयोेगले निर्देशन जारी गरेको हो ।

मतपत्र–६ गणना गर्दा के गर्ने र कस्तो अवस्थालाई सदर र बदर गर्ने निर्देशनमा आयोगले उल्लेख गरेको छ ।

मतपत्र–६ बाट दुईजना सदस्य निर्वाचित हुने भएकाले मतदाताले मतपत्रमा रहेका दुई कोलम भित्रका कुनै दुई कोठामामात्र मत संकेत गर्न पाउने हुँदा दुईभन्दा बढी कोठामा मत संकेत गरेको अवस्थामा उक्त छैटौं मतपत्र मात्र बदर गर्न आयोगले निर्देशन दिएको छ ।