काठमाडौं – स्थानीय तह निर्वाचन अन्तर्गत ८० पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पालिका अध्यक्ष जितेका छन् ।
पछिल्लो विवरणअनुसार एमाले २९, कांग्रेस २८, माओवादी केन्द्रले २१ र नेकपा एकीकृत समाजवादीले २ स्थानीय तहमा प्रमुख पद जितेका छन् । उपप्रमुखमा सबभन्दा बढी कांग्रेसले ३७, एमाले २५ माओवादी १३, एकीकृत समाजवादी ४, जनता समाजवादी पार्टी १ र स्वतन्त्र १ जितेका छन् ।
मतगणना जारी रहेको स्थानमध्ये प्रमुखतर्फ कांग्रेसले अगाडि छ भने एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । जसपा २८, लोकतान्त्रिक समाजवादी पार्टीले ११ स्थानमा अग्रता लिइरहेका छन् ।





प्रतिक्रिया