दैलेख – दैलेखको डुंगेश्वर गाउँपालिकामा बहुमत वडासहित एमाले विजयी भएको छ । अध्यक्षमा नेकपा एमालेका सुन्दरकुमार केसी ३४०६ मत ल्याएर विजयी भए ।
उहाँका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार एवं निवर्तमान अध्यक्ष नगेन्द्र बहादुर मल्ल ३३३६ मतमा रोकिए । उपाध्यक्षमा एमालेकै कलावती न्यौपाने विजयी हुनु भयो । उहाँले ३५७७ मत ल्याउँदा नेपाली कांग्रेसकी एलिजाकुमारी थापाले ३१५२ मत प्राप्त गर्नुभयो ।
एमालेले वडा नं. ३, ४, ५, र ६ को अध्यक्ष जित्यो ।





प्रतिक्रिया