हेटौडा -मकवानपुरको भीमफेदी गाउँपालिकामा अध्यक्षमा एमालेका हिदम लामा विजयी हुनुभएको छ । आज बिहान सकिएको मतगणनाअनुसार लामा माओवादी केन्द्रका बद्रीबहादुर स्याङतानलाई हराउँदै अध्यक्षमा विजयी भएको हो ।
एमालेका लामाले ५ हजार ५९१ मत प्राप्त गर्दै विजयी हुनुभयो ।
उपाध्यक्षमा कांग्रेसका सञ्जिव श्रेष्ठ विजयी हुनुभयो । उहाँले एमालेकी पार्वती रानालाई १६ मतान्तरले पराजित गर्नुभयो ।





प्रतिक्रिया