अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 भरतपुरमा १५ मतले विजयको लिड

 भरतपुरमा १५ मतले विजयको लिड


चितवन – चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी र गठबन्धनकी रेनु दाहालबीच कडा टक्कर भइरहेको छ ।

ताजा अपडेट अनुसार सुवेदीले ३३४२ मत पाएका छन् भने दाहालले ३३२७ मत पाउनु भएको छ । उहाँहरुबीच १५ मतको अन्तर छ ।

गठबन्धनबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १२०४ मत ल्याएका छन् ।

उपमेयरमा गठबन्धनका चित्रसेन अधिकारीले ३७१६ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले २६६५ मत पाउनु भएको छ । यहाँ एमाले र राप्रपाबीच चुनावी तालमेल छ ।