अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बीना मगरको निर्वाचन क्षेत्रमा एमालेका अध्यक्ष उपाध्यक्ष नै विजयी

बीना मगरको निर्वाचन क्षेत्रमा एमालेका अध्यक्ष उपाध्यक्ष नै विजयी


कञ्चनपुर -नेकपा माओवादी केन्द्रकी नेत्री बीना मगरको निर्वाचन क्षेत्रमा पर्ने कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ।
अध्यक्षमा एमालेका निर्मल राना ४ हजार ५६१ र उपाध्यक्षमा सपना चौधरी ३ हजार ५६१ मत सहित विजयी भएका छन् । अध्यक्षमा रानाका निकटतम प्रतिद्वन्द्वी माओवादीका मदनसेन बडायकले २ हजार ८५८ र उपाध्यक्ष सत्यदेवीले २ हजार ७३२ मत ल्याएका छन् ।

लालझाडी गाउँपालिकाका ६ वडामध्ये ३ वडामा एमाले, २ वडामा माओवादी र एक वडामा कांग्रेसका वडाध्यक्ष प्यानलसहित विजयी भएका छन्।