अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोजपुरको साल्पासिलिछोमा एमालेका बागी निर्वाचित

भोजपुरको साल्पासिलिछोमा एमालेका बागी निर्वाचित


भोजपुर — भोजपुरको साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ ।

नेकपा एमालेले टिकट नदिएपछि विद्रोह गरेर बागी उठेका दौलथ कुलुङ साल्पासिलिछो गाउँपालिकामा विजयी हुनुभएको हो ।

एमालेले शान्ति अधिकारीलाई टिकट दिएपछि विद्रोह गरेर अध्यक्षमा उठेका उहाँले निवर्तमान गाउँपालिका अध्यक्ष महेश राईलाई २८ मतान्तरले पराजित गर्नुभयो।

कुलुङले १८ सय १४ मत, निकटतम प्रतिद्वन्द्वी महेश राईले १७ सय ८६ मत ल्याउनुभयो । एमालेका अधिकारीले १३ सय ८३ मत मात्रै ल्याउनुभयो ।