अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समाजवादीले बराबरी मत काट्दा पनि एमाले विजयी

समाजवादीले बराबरी मत काट्दा पनि एमाले विजयी


उर्लाबारी– उर्लाबारी वडा नम्बर १ मा एमालेले पार्टीबाट चोइटिएको एकीकृत समाजवादीले आधा जति भोट काटे पनि विजयी हासिल गरेको छ ।

वडा नम्बर १ मा तिलक पाण्डे नेतृत्वको टिमले प्यानल नै जितेको छ । सोही वडामा एमालेबाट विजयी मचिन्द्रकुमार कार्की समाजवादीमा गएसँगै उहाँले उल्लेख्य मत काट्नुभएको थियो । मेयरमा पनि समाजवादीका मानबहादुर श्रेष्ठले एमालेका मेयर उम्मेदवार गंगा खरेलको मत धेरै काट्नुभएको थियो ।

उर्लाबारी १ मा माओवादी केन्द्र, जनता समावादी पार्टी र नेकपा एकीकृत समाजवादीको एउटा र कांग्रेसको नेतृत्वमा अर्को प्यानल मैदानमा थियो ।