दमक -कमल गाउँपालिकामा नेकपा एमाले विजयको खाता खोलेको छ ।
वडा नं. ३ मा एमालेका अग्नी प्रसाद कोइरालाले गठबन्धनका गौरीमान फागोलाई ३सय १७ मतले पछि पार्दै विजयी हुनुभएको हो ।
कोइरालाले १७ सय ४५ मत ल्याउनु भयो भने फागोले १४ सय २८ मत ल्याउनुभएको छ । कोइरालाको टिमबाट महिला सदस्यमा भगवती राई,दलित महिला सदस्यमा केशरा वर्देवा र सदस्यहरुमा एंगल गुरुंग र सन्त मगर विजयी हुनुभएको छ ।





प्रतिक्रिया