चितवन -भरतपुर महानगरपालिकाको वडा नम्बर ३ मा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले मत अनुपात बढाएपछि मेयरमा गठबन्धन उम्मेदवार रेणु दाहाललाई एमालेका विजय सुवेदीले मतान्तर बढाउनुभएको छ ।
१ र २ को गणनामा ३ मतले अग्रता लिएकी रेणु वडा नम्बर ३ को गणना जारी रहँदा ३३ मतले पछि पर्नुभएको छ । एमालेका विजय सुवेदीले ३ हजार ८ सय ३८ मतसहित अग्रता लिनुभएको छ । रेणुले ३ हजार ८ सय ५ मत आएको छ ।
स्वतन्त्र उम्मेदवार पौडेलले अहिलेसम्म १ हजार ५ सय ११ मत ल्याएका छन्।
नेपाली कांग्रेसको गढ मानिने सो वडाको अध्यक्षमा भने एमालेले फराकिलो अग्रता लिएको छ । एमालेका विकास थापाले वडा अध्यक्षमा १ हजार ४ सय ९५ मत ल्याउँदा कांग्रेसका भरत लामिछानेले ९ सय ५२ मत पाएका छन् ।
उपमेयरमा भने कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीको अग्रता कायमै छ । उहाँले ४ हजार ३ सय ५२ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले २ हजार ९ सय ९८ मत ल्याउनुभएको छ ।





प्रतिक्रिया