अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरुमारानी गाउँपालिका अध्यक्षमा गठबन्धनलाई पराजित गर्दै एमालेका झगबहादुर विश्वकर्मा विजयी

सरुमारानी गाउँपालिका अध्यक्षमा गठबन्धनलाई पराजित गर्दै एमालेका झगबहादुर विश्वकर्मा विजयी


प्यूठान– प्यूठानको सरुमारानी गाउँपालिका अध्यक्षमा गठबन्धनलाई पराजित गर्दै एमालेका झगबहादुर विश्वकर्मा निर्वाचित हुनुभएको छ ।

कांग्रेसका मुकुन्दराज शर्मालाई पराजित गर्दै दोस्रो पटक उहाँ गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।

विश्वकर्माले ४ हजार २ सय ८० मत प्राप्त गर्दा गठबन्धनका शर्माले ४ हजार १९ सय ४ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा पनि एमालेकै उमेदवार वसन्ता खड्का विजयी हुनुभयो । गठबन्धनका गुप्तबहादुर रानालाई पराजित गर्दै खड्का गाउँपालिका उपाध्यक्षमा विजयी हुनुभयो । खड्काले ४ हजार ३ सय ९४ मत प्राप्त गरिन् उनका प्रतिद्वन्द्वी रानाले ३ हजार ९ सय ४७ मत प्राप्त गर्नुभयो ।

गाउँपालिकामा २,३,४ र ६ नम्बर वडामा नेकपा एमालेका उमेदवार विजयी भएका छन् भने वडा नम्बर १ र ५ मा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।