अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विराटनगरमा एमालेले खाेल्याे खाता, १९ नं. वडामा अध्यक्ष श्याम घिमिरेको प्यानल नै विजयी

विराटनगरमा एमालेले खाेल्याे खाता, १९ नं. वडामा अध्यक्ष श्याम घिमिरेको प्यानल नै विजयी


विराटनगर- विराटनगर महानगरपालिका वडा नं. १९ बाट नेकपा एमालेले खाता खोलेको छ ।

विराटनगर–१९ मा नेकपा एमालेका उमेदवार श्याम घिमिरेकाे प्यानल नै विजयी भएकाे हाे । घिमिरेले ९८७ मत ल्याएर विजयी हुनुभयो ।

स्थानीय तह निर्वाचनमा २०७४ मा नेपाली काँग्रेस निर्वाचित भएको वडामा यस पटक एमाले जतेकाे हाे । नेपाली काँग्रेसका उदय राजवंशीले ८९९ मत प्राप्त गरेका छन् ।

उहाँलाई घिमिरेले ८८ मतअन्तरले पराजित गर्नुभयो । प्यानलनै एमालेले जितेको वडामा निजनारायण राजबंशी, लक्ष्मण सरदार, महिला सदस्य लक्ष्मीदेवी राईनी र दलित महिला सदस्यमा खुश्बु विश्वकर्मा विजयी भएका छन् ।