अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतका प्रधानमन्त्री मोदी लम्बिनीमा,आजै स्वदेश फर्कने

भारतका प्रधानमन्त्री मोदी लम्बिनीमा,आजै स्वदेश फर्कने


लुम्बिनी -भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार बिहान लुम्बिनी आइपुग्नुभएको छ । मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनीमा निर्मित हेलिप्याडमा स्वागत गर्नुभएको छ ।
लुम्बिनी उत्रिएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले न्यानो स्वागतका लागि प्रधानमन्त्री देउवालाई धन्यवाद दिनुभयो।

‘बुद्ध पूर्णिमाको विशेष अवसरमा नेपालका अद्भूत जनतामाझ आउन पाउँदा खुसी छु। लुम्बिनीमा हुने कार्यक्रममा सहभागी हुन प्रतिक्षारत छु’ मोदीले ट्विटमा लेख्नुभएको छ ।

प्रधानमन्त्री देउवाको निमन्त्रणामा मोदी लुम्बिनी आउनुभएको हो। उहाँको यो औपचारिक भ्रमण हो।
प्रधानमन्त्रीको हैसियतमा मोदीको यो पाँचौ नेपाल यात्रा हो। मोदी ६ घण्टा लुम्बिनीमा रहनुहनेछ ।