गुल्मी- गुल्मीको सत्यवती गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा टिकाराम पाण्डे र उपाध्यक्षमा एमालेकै निरमाया तरामु विजयी हुनुभएको हो । कांग्रेस, माओवादी, राष्ट्रिय जमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाको गठबन्धनलाई हराउँदै अध्यक्षमा एमालेका पाण्डेय विजयी भयो । पाण्डे ६ सय ५६ मतान्तर र उपाध्यक्षमा तरामु ६ सय ६३ मतान्तरले विजयी भएका हुन्।





प्रतिक्रिया