काठमाडौँ – काठमाडौँ महानगरपालिकाको वडा-२ मा एमाले विजयी भएको छ । वडा-२ को अध्यक्षमा एमालेका राजेन्द्रकुमार श्रेष्ठ १ हजार ३७९ मतसहित विजयी भएका छन् । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२६ मत प्राप्त गरेका छन् ।
श्रेष्ठ दोस्रोपटक वडाध्यक्षमा निर्वाचित हुनु भएको हो । वडाका सबै सदस्य पनि एमाले नै निर्वाचित भएका छन् ।





प्रतिक्रिया