अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दमक ९ मा पाएको सुरुवाती अग्रताले दमक एमाले उत्साहित

दमक ९ मा पाएको सुरुवाती अग्रताले दमक एमाले उत्साहित


दमक -राप्रपा सहित महागठबन्धनसँग भिडेको एमालेले दमक ९ को गणनामा सुरुवाती अग्रता हासिल गरेको छ । दमक १० र २ मा धक्का खाएको एमालेले अब क्रमश पुरताल गर्ने एमाले नेताहरु बताउछन् ।
वडा नं. ९ मा ३०० मत गण्ना गर्दा एमालेको मेयरमा ३०० मत आएको छ । महागठबन्धनलाई १२७ मत मात्र आएको छ । यसैगरी उपमेयरमा एमालेलाई १४० मत आएको छ भने महागठबन्धनलाई ११३ मत आएको छ । यस्तैगरी एमालेका वडा अध्यक्षलाई १५४ आएको छ भने महागठबन्धनका वडाध्यक्षलाई ८० मत आएको छ ।
एमालेका मेयर उपमेयरले अब क्रमश आफ्नो मतान्तर घटाउँदै अग्रता लिने अपेक्षा गरिएको छ ।