अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाजुराको गौमुलमा अध्यक्ष र उपाध्यक्ष एमाले विजयी

बाजुराको गौमुलमा अध्यक्ष र उपाध्यक्ष एमाले विजयी


मार्तडी – बाजुरा जिल्लाको गौमुल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएको गौमुल निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अध्यक्षमा हरिबहादुर रोकाया र उपाध्यक्षमा सीता थापा रोकाया विजयी भएको निर्वाचन अधिकृत शान्तिबहादुर बस्नेतले जानकारी दिनुभएको छ । रोकायाले तीन हजार ४३४ र उपाध्यक्ष थापा रोकायाले तीनहजार १९४ मत ल्याएर विजयी भएको बताउनुभयो ।

उहाँका निकटतम  प्रतिस्पर्धी कांग्रेसबाट अध्यक्षका उम्मेदवार हिरेन्द्रबहादुर रोकायाले एकहजार ४७० र उपाध्यक्षका उम्मेदवार उमा रोकायाले एक हजार ७४४ मत ल्याउनुभएको थियो ।