भक्तपुर – भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी निर्वाचित हुनु भएको छ ।
उहाँहरु दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको हो । भक्तपुरमा नेमकिपाले आफ्नो प्रभावलाई कायम राख्दै मेयर, उपमेयरसहित सबै वडामा प्यानलै जिते छ ।
मेयर उम्मेदवार प्रजापतिले २९ हजार २ सय मत पाएका छन् भने उपमेयरमा जोशीले २९ हजार ६९५ मत पाउनु भएको छ ।
मेयरमा नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार १९९, नेकपा एमालेका रविन्द्र लाछिमस्युले २ हजार ६६७ मत पाएका छन् ।
त्यस्तै, उपमेयरमा नेकपा एमालेकी रन्जना खर्बुजाले २ हजार ७२४ र नेकपा एकीकृत समाजवादीका ओमचरण अमात्यले १ हजार ७४२ मत पाएका छन् ।





प्रतिक्रिया