मुगु – मुगुको छायाँनाथ रारा नगरपालिका-११ मा नेकपा एकीकृत समाजवादी पार्टीकी कुञ्जमा कुमाइ निर्वाचित हुनु भएको छ । उहाँ जिल्लामै पहिलो महिला वडाध्यक्ष बन्नु भएको हो ।
कुञ्जमा १२९ मत ल्याएर निर्वाचित हुँदा उहाँका प्रतिद्वन्दी नेकपा एमालेका तजबहादुर बुढाले १२४ मत ल्याएका थिए ।
वडामा ४९६ मत खसेको थियो । ५ मत अन्तरले निर्वाचित हुनु भएकी कुमाइ जिल्लाका ४५ वडामा पहिलो निर्वाचित महिला वडा अध्यक्ष बन्न सफल हुनु भएको हो ।





प्रतिक्रिया