अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तिनाउँमा एमालेका श्रेष्ठ र उपाध्यक्षमा कांग्रेसका थापा विजयी

तिनाउँमा एमालेका श्रेष्ठ र उपाध्यक्षमा कांग्रेसका थापा विजयी


पाल्पा – पाल्पाको तिनाउँ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रेम श्रेष्ठ विजयी हुनुभएको छ ।

श्रेष्ठले पाँच हजार ९० मत ल्याएर विजयी हुनुभयो भने गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका राजेश श्रेष्ठले चार हजार ४६६ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा नेपाली कांग्रेसका लालबहादुर थापा निर्वाचित हुनुभएको छ । थापाले पाँच हजार ८२ मत प्राप्त गर्नुभएकामा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सावित्रा गुरुङ रानाले चार हजार ६५ मत प्राप्त गर्नुभयो ।

वडा नं १ को  वडा अध्यक्षमा नेकपा मालेका भुवानसिंह चिदी,  वडा-२ मा एमालेकै यादव अर्याल, वडा-३ मा कांग्रेसका चित्रबहादुर थापा, वडा-४ मा एमालेका तुलबहादुर आले, वडा-५ मा एमालेकै इन्द्रा चिदी र वडा नं मा ६  कांग्रेसका टोमबहादुर पुन विजयी हुनुभएको छ । तिनाउँमा कुल दश हजार ३१६ मत खसेको थियो । यहाँ २०७४ को निर्वाचनमा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो ।