अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोरखाको गण्डकी-४ मा एमाले विजयी भएपछि पुनः मतगणनाको माग गर्दै कांग्रेस आन्दोलित

गोरखाको गण्डकी-४ मा एमाले विजयी भएपछि पुनः मतगणनाको माग गर्दै कांग्रेस आन्दोलित


काठमाडौँ – गोरखाको गण्डकी-४ मा एमाले विजयी भएपछि पुनः मतगणनाको माग गर्दै कांग्रेस आन्दोलित बनेको छ । 

गण्डकी गाउँपालिका–४ को वडाध्यक्षमा नेकपा एमालेका राजुबाबु भण्डारी १ मतान्तरले मात्रै विजयी भएपछि स्थित तनावमय भएको छ । मतगणना सकिए पनि १ मतान्तरले जितेपछि कांग्रेसले पुनः मतगणनाको माग गर्दै मतपरिणाम सार्वजनिक गर्न रोकेको छ ।

भण्डारीले नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर गुरुङलाई १ मतान्तरले पराजित गरेका छन् । भण्डारीले ४१० मत प्राप्त गरे भने गुरुङले ४०९ मत प्राप्त गरेका छन् । यस्तै, ३ वडा सदस्य एमालेले र १ सदस्य नेपाली कांग्रेसले जितेको छ । वडाको दुई वटा बुथमा गरेर १२९३ मत खसेको थियो ।