दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिरासिंह धामी निर्वाचित हुनु भएको छ । उहाँ ४ हजार ३४ मत ल्याएर धामी निर्वाचित हुनु भएको हो ।
धामीका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका नरेन्द्र सिंह धामीले ३ हजार ३२२ मत ल्याएका छन् ।
उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका कल्यानसिंह धामी निर्वाचित हुनु भएको छ । ३ हजार ५६६ मत ल्याएर उहाँ निर्वाचित हुनु भएको हो । उहाँका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी गौमती भट्टले ३ हजार ३२२ मत ल्याउनु भएको छ ।





प्रतिक्रिया