काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।
लुम्बिनी भ्रमणमा रहेका प्रधानमन्त्री मोदी र नेपाली समकक्षी देउवाबीच भेटवार्ता भएको हो।
भेटवार्तामा देउवा र मोदीबीच प्रधानमन्त्री देउवाको डेढ महिनाअघि सम्पन्न भारत भ्रमणमा भएका फलदायी छलफलबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीले नेपाल-भारत सहकार्य र आपसी हितका विषयमा बृहत् सिंहावलोकन गर्दै दुई देशबीचको निकट र हार्दिक सम्बन्धलाई अझ विस्तार गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
देउवा र मोदीबीच लुम्बिनी नजिकैको होटल पवन प्यालेसमा भेटवार्ता भएको हो।





प्रतिक्रिया