सर्लाही – सर्लाहीको रामनगर नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार राजाबाबु यादव निर्वाचित हुनु भएको छ । २२ वर्षका उहाँ ४ हजार ८१ मतसहित निर्वाचित हुनु भएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिनन्दन प्रसाद यादवले २ हजार ३९२, नेकपा एमालेका पुरुषोत्तम प्रसाद चौधरीले एक हजार ६३४ र स्वतन्त्र उम्मेदवार केएस राहुल बर्माले एक हजार ६०७ मत पाए ।
उपमेयरमा नेकपा माओवादी केन्द्रकी गीता देवी तीन हजार ५२३ मतसहित निर्वाचित हुनु भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कोशिला साहले दुई हजार ६३७ मत पाउनु भएको छ ।
त्यस्तै नेकपा एमालेकी निलम यादवले एक हजार ७३७ र लोकतान्त्रिक समाजवादी पार्टीकी वैदेही देवीले ९१७ मत पाएका छन्।





प्रतिक्रिया