अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुल्मीको मदानेको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित

गुल्मीको मदानेको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित


गुल्मी – गुल्मीको मदाने गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका महेन्द्रबहादुर कुँवर निर्वाचित हुनु भएको छ भने उपाध्यक्षमा नेकपा एमालेकी सरिता खड्का विजयी हुनु भएको छ ।

कुँवरले ४ हजार ७०७ मत ल्याएका छन् भने उहाँका प्रत्यासी एमालेका प्रेम केसीले ४ हजार ६९७ मत पाएका छन् ।

उपाध्यक्षमा निर्वाचित खड्काले ४ हजार ५६५ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बेगम चन्दले ४ हजार २११ मत पाएका छन् ।

मदाने गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए । गाउँपालिकाका ७ वटा वडामध्ये ५ वडामा नेपाली कांग्रेस र २ वडामा नेकपा एमालेले जितेको छ । जसअनुसार वडानम्बर १, ३, ४, ६ र ७ मा कांग्रेस तथा २ र ५ को वडाअध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।