अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ओखलढुंगाको चम्पादेवीको अध्यक्षमा कांग्रेसका केसी र उपाध्यक्षमा एमालेकी मगर विजयी

ओखलढुंगाको चम्पादेवीको अध्यक्षमा कांग्रेसका केसी र उपाध्यक्षमा एमालेकी मगर विजयी


ओखलढुंगा – चम्पादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका नवराज केसी पुनःनिर्वाचित हुनु भएको छ । निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार खड्ग कार्कीलाई ५३ मतले पछि पार्दै केसी गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

२०७४ को स्थानिय तहको निर्वाचनमा केसी चम्पादेवी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनु भएको थियो । केसीले ४६१३ मत प्राप्त गर्नुभएको छ भने कार्कीले ४५६० मत प्राप्त गरेका छन् । 

गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी दिलामाया मगर पुनःनिर्वाचित हुनु भएको छ । काँग्रेसकी कुसा मगरलाई २३७ मतले पछि पार्दै एमालेकी दिलामाया मगर उपाध्यक्षमा निर्वाचित हुन भएको हो।  नेपाली काँग्रेसकी कुसा मगरले ४४७८ र एमालेकी दिलामाया मगरले ४७१५ मत प्राप्त गर्नु भएको हो । पालिकाको १० वडामध्ये सात वडामा नेपाली काँग्रेसले जितेको छ । बाँकी रहेको तीनमध्ये दुई वडा नेकपा एमाले र एउटा माओवादी केन्द्रले जितेको हो । वडा-१ कुलबहादुर श्रेष्ठ, २ मा विष्णु पुलामी मगर, ४ मा ईन्द्र केसी, ५ मा मोहन तामाङ, ८ मा खड्गबहादुर बराल, ९ मा सुजन पौडेल र वडा-१० मा रोहित प्रसाद ढुङ्गेलले नेपाली काँग्रेस बाट वडा अध्यक्ष जितेका छन् ।

यसैगरी वडा-३ मा धनबहादुर श्रेष्ठ र ७ मा सुरेश थापाले नेकपा एमाले बाट वडा अध्यक्षमा विजयी भएका छन् । वडा-६ आमोवादी केन्द्रका गणेश खत्रीले चुनाव जितेका छन् ।