अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुरको कोन्ज्योसोममा गठबन्धनलाई हराउँदै एमाले विजयी

ललितपुरको कोन्ज्योसोममा गठबन्धनलाई हराउँदै एमाले विजयी


ललितपुर – ललितपुरको कोन्ज्योसोम गाउँपालिका अध्यक्षमा नेकपा एमाले विजयी भएको छ।

सत्ता गठबन्धनबाट अध्यक्षमा नेकपा माओवादी केन्द्रका गोपिलाल सिंन्तानलाई पराजित गर्दै एमालेका कृष्णमान लामा विजयी हुनु भएको छ ।

एमालेका लामाले ३१०४ मत पाएर विजयी भएका छन् भने माओवादीका सिन्तानले २५०९ मत पाएर पराजित भएका छन् ।

यस्तै उपाध्यक्षमा गठबन्धनबाट काँग्रेसका राजनप्रसाद घिमिरे निर्वाचित भएका छन्। घिमिरेले ३२२७ मत ल्याएर एमालेकी रनिता तामाङलाई हराएका हुन्। एमालेकी तामाङले २०४८ मत ल्याएर पराजित हुनु भएको हो । २०७४ सालको निर्वाचनमा यस गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै माओवादी केन्द्रले जितेको थियो। दोस्रो कार्यकालका लागि अध्यक्षमा उठेका सिंन्तान पराजित भएका छन्।