अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्याङ्जाको फेदीखोला गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एमाले उम्मेदवार निर्वाचित

स्याङ्जाको फेदीखोला गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एमाले उम्मेदवार निर्वाचित


काठमाडौं – स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार घनश्याम सुवेदी निर्वाचित हुनु भएको छ ।

२०७४ सालको निर्वाचनमा पनि विजयी भएका सुवेदी ३ हजार ८३६ मत प्राप्त गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। उहाँका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका लक्ष्मीप्रसाद बरालले ३ हजार ७०४ मत पाउनु भएको थियो ।

गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकै देउकुमारी गुरुङ विजयी हुनु भएको छ । उहाँले ३ हजार ९७८ मत ल्याउँदा प्रत्यासी माओवादी केन्द्रका शिवप्रसाद पराजुलीले २ हजार ३७९ मत पाए । यो गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए ।