काठमाडौं – संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका पूर्वस्वकीय सचिव बुद्धि खनाल इलामको माई नगरपालिका–७ को वडाध्यक्षमा निर्वाचित हुनु भएको छ ।
पूर्व पत्रकारसमेत रहेका एमाले उम्मेदवार खनालले नेपाली कांग्रेसका उम्मेदवार गंगाराम योक्पादेनलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित हुनु भएको हो । खनालले ९५० मत प्राप्त गर्दा योक्पादेनले ६०७ मत पाउनु भएको थियो ।
यस्तै महिला सदस्यमा नेकपा एमालेकी तेज कुमारी लिम्बू, दलित महिला सदस्यमा एमालेकै मेनुका विश्वकर्मा, खुला सदस्यमा पनि एमालेकै रामप्रसाद लिम्बु र लिला बहादुर राई निर्वाचित भएका छन्।





प्रतिक्रिया