अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रसुवाको कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

रसुवाको कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी


रसुवा – रसुवाको कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा हरिकृष्ण देवकोटाले २ हजार ६२२ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका कमलनाथ आचार्यले २ हजार २८३ मत प्राप्त गर्नु भएको छ । नेकपा माओवादी केन्द्रका सोमबहादुर तामाङले १ हजार ५२२ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकै मिरा लामाले २ हजार ८१० मत ल्याएर विजयी हुनु भयो । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेकी अम्बिका भट्ट पौडेलले २ हजार २ मत प्राप्त गर्नुभयो ।

कालिका गाउँपालिकामा ५ वटा वडा छन् । वडा नम्बर १ मा माओवादी केन्द्रका दावा तामाङ, वडा नम्बर २ मा नेपाली कांग्रेसका उमेश न्यौपाने, वडा नम्बर ३ मा नेपाली कांग्रेसकै फणिन्द्रप्रसाद न्यौपाने, वडा नम्बर ४ मा खेसम तामाङ र वडा नम्बर ५ मा नेपाली कांग्रेसकै सन्दिप पौडेल विजयी भएका छन् ।