अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नुवाकोटमा अर्जुननरसिंह केसीकै वडामा कांग्रेस पराजित, विदुर-४ मा एमालेको प्यानलै विजयी

नुवाकोटमा अर्जुननरसिंह केसीकै वडामा कांग्रेस पराजित, विदुर-४ मा एमालेको प्यानलै विजयी


काठमाडौँ – नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीको मतदाता नामावली भएको विदुर नगरपालिकाको वडा-४ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

नेकपा एमालेका उम्मेदवार निलमबाबु ढुंगेलको प्यानल नै विजयी भएको हो । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भोट दिँदा पनि कांग्रेस उम्मेदवार भारी मतले पराजित भएका छन् ।

यस वडा नेपाली कांग्रेस नुवाकोटका सचिव श्रीराम श्रेष्ठ, मोहन खड्का, पूर्व कोषाध्यक्ष हरिकृष्ण श्रेष्ठ लगायतको पनि भूगोल हो ।

वडा अध्यक्षमा निलमबाबु ढुंगेलसँगै सदस्यहरूमा छविलाल ओझा शिवकुमार लामा, सुनिता कुमाल, राममाया मिजार विजयी भएका छन् । विजयी सबै नेकपा एमालेका हुन् ।