अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खप्तड छेडेदहको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

खप्तड छेडेदहको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी


बाजुरा – बाजुराको खप्तड छेडेदह गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार दिलबहादुर रावत र उपाध्यक्षमा कांग्रेसकी विसुदेवी नाथ विजयी भएका छन् ।

एमाले उम्मेदवार रावतले कांग्रेस उम्मेदवार खड्कबहादुर बुढालाई पराजित गरेका हुन् । रावतले ३७४७ मत पाएका छन् भने बुढाले ३५५८ मत पाएका छन् ।

यस्तै, उपाध्यक्ष पदमा कांग्रेसका विशुदेवी नाथले एमालेकी मनदेवीकुमारी खड्का वलीलाई पराजित गर्नु भएको हो । नाथले ३६४२ मत प्राप्त गर्दा वलीले ३५९४ मत प्राप्त गर्नु भयो । खप्तड छेडेदह गाउँपालिका विगतदेखि नै कांग्रेसको गढ मानिदै आएको क्षेत्र हो ।

७ वटा वडा रहेको गाउँपालिकामा कांग्रेसले पाँच र एमालेले २ वटा जितेको छ । कांग्रेसले जितेका वडाध्यक्षहरूमा वडानम्बर १ मा कांग्रेसका वीरबहादुर रावल, २ मा कांग्रेसका भक्तबहादुर बुढा, ३ मा कांग्रेसकै विर्कबहादुर रावत, ५ मा कांग्रेसका जीतबहादुर रावत, ६ मा कांग्रेसका हर्क बिष्ट रहेका छन् ।

एमालेबाट वडा नम्बर ४ मा दलबहादुर धामी र ७ मा खगेन्द्रबहादुर रावत विजयी भएका छन् ।