अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संखुवासभाको पाँचखपनको मेयरमा काँग्रेसका विपिन राई निर्वाचित

संखुवासभाको पाँचखपनको मेयरमा काँग्रेसका विपिन राई निर्वाचित


विराटनगर -संखुवासभाको पाँचखपन नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

कांग्रेसका उम्मेदवार विपिन राई चार हजार ७८८ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हिन्दुकुमार राईले तीन हजार ४३७ मत पाउनुभएको छ ।
त्यस्तै उपपपमुखमा नेकपा एकीकृत समाजवादीकी सुमुना श्रेष्ठ निर्वाचित हुनुभएको छ । उनले तीन हजार ८३४ मत पाएकी छन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अनिता न्यौपानेले तीन हजार ४८७ मत पाउनुभएको हो ।