धनगढी -अघिल्लो स्थानीय तहको निर्वाचनमा अछामको चौरपाटी गाउँपालिकाको अध्यक्षमा १ मतले हारेका नेपाली कांग्रेसका भीम साउद यसपटक १ हजार ४ सय ८६ मतान्तरले विजयी हुनुभएको छ ।
गाउँपालिका अध्यक्ष पदमा साउदले ३ हजार ९ सय ८२ मत प्राप्त गरे । उहाँका निकटतम प्रतिस्पधी नेकपा एमालेका रामबहादुर आउजीले २ हजार ५ सय ६ मत प्राप्त गर्नुभएको छ ।
अघिल्लोपटक एक मतले अध्यक्षमा विजयी भएका हर्क साउद भने एसपटक तेस्रो भए । नेकपा एकीकृत समाजवादीका साउदले १ हजार ४ सय ७४ मत प्राप्त गर्नुभयो ।
सो गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकै सरदेवी खड्का विजयी हुनुभयो । उहाँले ३ हजार ७ सय ३४ मत ल्याउँदा एमालेकी अनिता खड्काले २ हजार ४ सय ९१ मत प्राप्त गर्नुभयो ।





प्रतिक्रिया