संखुवासभा- संखुवासभाको धर्मदेवी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उदयचन्द्र पौडेल विजयी हुनु भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी सहित ३ दल बीच भएको गठबन्धनलाई पराजित गर्दै पौडेलले जित हात पार्नु भएको हो । पौडेलले गठबन्धन तर्फका उम्मेदवार नेपाली कांग्रेसका थलकुमार लिंखालाई ८९ मतले पराजित गर्नु भएको हो । विजयी भएका पौडेलले ४२ सय ८२ मत प्राप्त गर्नुभयो भने गठबन्धनका उम्मेदवार लिंखाले ४ हजार १ सय ९३ मत प्राप्त गर्नुभयो ।
यता उपप्रमुखमा भने गठबन्धनतर्फका उम्मेदवार नेपाली कांग्रेसकी तारा महत ४३ सय २३ मत ल्याएर विजयी हुनुभयो । उपप्रमुखमा एमालेकी लक्ष्मीदेवी गिरीले ४१ सय ५ मत ल्याउनु भयो । अघिल्लो निर्वाचनमा दुवै पदमा नेपाली कांग्रेस विजयी भएकोमा यसपटक प्रमुखमा नेकपा एमालेले बाजी मारेको हो । नेपाली कांग्रसका नेता तथा पूर्वमन्त्री दीपक खड्काको गृहनगर समेत रहेको धर्मदेवीमा ३ दलिय गठबन्धनका बाबजुद नेकपा एमालेले जित हात पारेको हो ।





प्रतिक्रिया