नवलपुर- हुप्सेकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । ६ वटै वडासहित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कांग्रेस विजयी भएको हो । लक्ष्मी पाण्डे दोस्रो कार्यकालका लागि हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको छ । त्यहाँ कांग्रेसकै पूर्णसिंह राना उपाध्यक्ष चुनिनुभएको छ ।
पाण्डेले आफ्ना प्रतिस्पर्धी एमालेका चेतबहादुर रानालाई ७ सय १४ मतान्तरले पराजित गर्नुभएको हो । पाण्डेले ६ हजार ४ सय ५५ र रानाले ५ हजार ७ सय ४१ मत पाउनुभएको छ । उपाध्यक्षमा कांग्रेसका पूर्णसिं रानाले ६ हजार ७ सय ५ र एमालेकी मनी पाण्डेले ५ हजार ७ सय ३८ ल्याएका थिए । फालमखानी रहेको यो गाउँपालिकामा विकट पहाडी क्षेत्रमा पर्छ र मगर समुदायको बाहुल्यता छ ।





प्रतिक्रिया