गुल्मी – गुल्मी जिल्लाको मालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्रका देवीराम अर्याल अध्यक्षमा र नेपाली कांग्रेसका उपेन्द्र अर्याल उपाध्यक्षमा निर्वाचित भएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको एमालेले यसपटक वडामा सदस्यसमेत जित्न सकेन ।
अध्यक्षमा निर्वाचित माओवादीका अर्यालले ६ हजार १७६ मत ल्याउनुभएको छ । उपाध्यक्षमा नेपाली कांग्रेसका अर्यालले ६ हजार ३३४ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गाउँपालिकामा अध्यक्षमा निर्वाचित माओवादीका अर्यालको निकटतम प्रतिस्पर्धी एमालेका रीतबहादुर थापाले ४ हजार ६१७ मत ल्याउनुभयो ।
यसैगरी उपाध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका उपेन्द्र अर्यालयको निकटतम प्रतिस्पर्धी एमालेकै रनमाया पुनको ४ हजार ६९२ मत आएको छ ।
वडाहरुमा एमालेले सदस्य समेत जित्न सकेको छैन । मालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेस बिच चुनावी तालमेल भएको थियो । तालमेल अनुसार सबै वडामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।
गाउँपालिकामा रहेका ८ वटा वडाहरुमध्ये ७ वटा वडामा नेपाली कांग्रेस र एउटा वडामा माओवादी केन्द्रले जितेको छ । जसअनुसार वडानम्बर १, २, ४, ५, ६, ७, ८ मा नेपाली कांग्रेस र ३ मा माओवादीले वडाअध्यक्ष जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गाउँपालिकामा १७ हजार ७२३ जना मतदाता रहेकोमा ११ हजार ५८० जनाले मतदान गरेका थिए । यो गाउँपालिकामा ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा अध्यक्षमा र उपाध्यक्षमा नेकपा एमालेले जितेको थियो ।





प्रतिक्रिया