अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दैलेखको ठाँटीकाँधमा काँग्रेस विजयी

दैलेखको ठाँटीकाँधमा काँग्रेस विजयी


दैलेख- नेकपा एमालेको गढ मानिएको दैलेखको ठाँटीकाँध गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रक्षबहादुर शाह निर्वाचित भएका छन् ।

यो गाउँपालिकामा ०७४ को निर्वाचनमा कांग्रेसले जम्मा एउटा वडा जितेको थियो । यसपटक भने बहुमतसहित पालिका अध्यक्ष जितेको छ ।
कांग्रेसका रक्षबहादुर शाहले २५७१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँले एमालेकी लक्ष्मीदेवी शाहलाई २९२ मतान्तरले पराजित गर्नुभयो ।

उपाध्यक्षमा भने एमालेका देवीराम बडुवाल विजयी हुुनुभएको छ । उहाँले २६९५ मत पाउनुभएको छ भने निकटतम प्रतिस्पर्धी कांग्रेसकी भद्रा कुमारी शाहीले २४१६ मत ल्याउनुभएको छ ।