काठमाडौं -काठमाडौँको तारकेश्वर नगरपालिकामा भारी मतान्तरमा नेपाली कांग्रेस विजयी भएको छ । तारकेश्वर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार कृण्णहरि महर्जन ११९८८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
महर्जनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामेश्वर बोहरालाई ४१८० मतान्तरमा पराजित गर्नुभयो । बोहोराले ७८०८ मत प्राप्त गर्नुभयो । त्यसै उप(प्रमुखमा पनि नेपाली कांग्रेसकै उमेदवार सिर्जना बुर्लाकोटीले १०७८६ मतसहित विजयी हुनुभयो । उहाले निकटतम प्रतिस्पर्धी नेकपा एमालेको भवानी डोटेलले ८००६ मत प्राप्त गर्नुभयो ।





प्रतिक्रिया