अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनलाई हराँउदै ओखलढुंगाको मोलुङमा एमाले विजयी

गठबन्धनलाई हराँउदै ओखलढुंगाको मोलुङमा एमाले विजयी


ओखलढुंगा- ओखलढुंगाको मोलुङ गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार उत्तम राई विजयी हुनुभएको छ । उपाध्यक्षमा पनि एमालेकै उर्मिला खतिवडा विजयी हुनुभएको छ । उत्तमले अध्यक्षमा ४ हजार ५२ र उर्मिलाले उपाध्यक्षमा ४ हजार २ सय मत प्राप्त गर्नुभएको छ ।
उहाँहरुका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट काँग्रेसका अध्यक्ष उम्मेदवार राजनकुमार दाहालले ३ हजार ४ सय ६२ मत पाउनुभयो । त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रका कुलबहादुर खत्रीले २ हजार ९६ मत प्राप्त गर्नुभयो मोलुङ गाउँपालिकामा २०७४ को निर्वाचनमा अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस उम्मेदवार निर्वाचित भएका हुनुभएको थियो । अध्यक्ष उत्तम राई एमालेका पुराना नेता हुनुहुन्छ । उहाँ लामो समयदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ ।