अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोकर्ण विष्टको क्षेत्रमा पर्ने मुसिकोट नगरपालिकामा एमाले विजयी, गठबन्धन पराजित

गोकर्ण विष्टको क्षेत्रमा पर्ने मुसिकोट नगरपालिकामा एमाले विजयी, गठबन्धन पराजित


गुल्मी – नेकपा एमालेका सचिव एवं गुल्मी क्षेत्र-२ का प्रतिनिधीसभा सांसद गोकर्ण विष्टको क्षेत्रमा पर्ने मुसिकोट नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेले मेयर र उपमेयर पदमा जीत हासिल गरेको छ ।

एमालेका उम्मेदवार जिवन खरेलले गठबन्धनका उम्मेदवारलाई ७९३ मतले हराउँदै मेयर पदमा जीत हासिल गरेका हुन् । जिवन खरेलले ७३९९ मत ल्याए भने गठबन्धबाट नेपाली कांग्रेसका उम्मेदवार हरिनारायण सापकोटाले ६६०६ मात्रै मत ल्याउनु भएको थियो ।

उपमेयर पदमा एमालेकी गंगा श्रेष्ठले ७०११ मत ल्याएर जीत हासिल गर्दा गठबन्धनबाट एकिकृत समाजवादीका श्रीराम महतले ६३२३ मात्रै मत ल्याएर पराजित हुनु भयो ।

जिल्लामा एमालेका विरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीले गठबन्धन गरेका थिए ।