सुनसरी – धरान उपमहानगरपालिका वडा नम्बर ५ मा एमालेले प्यानलै जितेको छ । एमालेका मनप्रसाद लिम्बूले कांग्रेसका सन्तोष लिम्बूलाई पराजित गर्दै वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ । मनप्रसादले १६१५ मत प्राप्त गरि निर्वाचित हुनुभयो। उहाँका निकटतम प्रतिद्वन्द्वी सन्तोषले १४५४ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, महिला सदस्य सुनिता राई र दलित महिला सदस्यमा शान्तामाया विक निर्वाचित हुनुभएको छ खुल्ला सदस्यमा प्रेम बहादुर दाहाल र विजय राई निर्वाचित हुनुभएको छ ।
धरानमा १ देखि ७ नम्बर वडाको मतगणना सम्पन्न भएको छ । अहिले धरानमा ८,९,१० र ११ मत गणना भइरहेको छ ।
मेयरमा कांग्रेसका किशोर राई र उपमेयरमा माओवादीका अइन्द्रविक्रम बेघा चुनावी मैदानमा छन्।
प्रतिक्रिया