प्युठान – प्युठानको नौबहिनी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका डिलबहादुर थापा निर्वाचित हुनु भएको छ ।
कांग्रेसका उम्मेदवार शिवराज रिजाललाई ८५० मतान्तरले पछि पार्दै थापा अध्यक्षमा निर्वाचित हुनु भएको हो । थापाले ६४८५ मत पाउँदा कांग्रेसका रिजालले ५६३५ मत पाउनु भएको थियो ।
यस्तै, उपाध्यक्षमा पनि एमालेका बिष्णा थापा निर्वाचित हुनु भएको छ । थापा ६२६३ मतसहित उपाध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका घनबहादुर बुढाले ५६०५ मत पाउनु भयो ।





प्रतिक्रिया