जनकपुरधाम – सिरहाको विष्णुपुर गाउँपालिका अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा जसपा उम्मेदवार विजयी हुनु भएको छ ।
अध्यक्षमा एमालेका सत्यनारायण यादव विजयी हुनु भएको छ । उहाँले २ हजार १५१ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटम प्रतिस्पर्धी जसपाका जागेश्वर यादव २ हजार ११७ मत ल्याएका छन् । जागेश्वर निवर्तमान अध्यक्ष हुन् ।
यस्तै उपाध्यक्षमा जसपाकी गीता कुमारी सिंह २ हजार २७२ मत ल्याएर विजयी हुनु भएको छ । उहाँको निकटम प्रतिस्पर्धी कांग्रेसकी चन्द्रकला कुमारी यादव १ हजार ९६९ मत पाएका छन् ।





प्रतिक्रिया