अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लमजुङको दोर्दी गाउँपालिका अध्यक्षमा एमालेका अधिकारी विजयी

लमजुङको दोर्दी गाउँपालिका अध्यक्षमा एमालेका अधिकारी विजयी


लमजुङ – लमजुङको दोर्दी गाउँ पालिकाको अध्यक्षमा नेकपा एमालेका युवराज अधिकारी विजयी हुनु भएको छ ।

अधिकारीले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लालबहादुर गु्रुङ्लाई ८७ मतान्तरले हराउनु भएको हो । अधिकारीले ४ हजार ७३८ मत ल्याए भने गुरुङ्ले ४ हजार ६५१ मत पाए। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका गोपाल लामिछानेले ९३ मत पाए।

त्यसैगरी दोर्दी गाउँपालिकाको उपाध्यक्ष पदमा कांग्रेसका बिच्छ बहादुर घले विजयी हुनु भएको छ । घलेले ४ हजार ९५८ मत पाए भने उहाँका प्रतिस्पर्धी एमालेकी उषा गुरुङ्ले ४ हजार १९० मत ल्याउनु भयो ।