लमजुङ – लमजुङको मर्स्याङदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका अर्जुन गुरुङ र उपाध्यक्षमा जुनामाया थापा निर्वाचित हुनु भएको छ ।
गुरुङले ६ हजार १३० मत ल्याउँदा उहाँका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका लोकनाथ घिमिरेले ४ हजार ३६९ मत ल्याउनु भएको हो । जनता समाजवादी पार्टी (जसपा) का वसन्तबहादुर थापाले १ मत ल्याउनु भएको थियो ।
उपाध्यक्षमा निर्वाचित एमालेकी जुनामाया थापाले ५ हजार ८९५ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका अजय तामाङले ४ हजार १० मत ल्याएका थिए ।
मर्स्याङदी गाउँपालिकाको वडा नम्बर १, २, ३, ७, ८ मा एमाले र वडा नम्बर ४, ५, ६ र ९ मा कांग्रेसले जितेको छ ।





प्रतिक्रिया