लमजुङ – लमजुङको बेसीसहर नगरपालिकाको मेयरमा नेकपा एमालेका गुमान्सिंह अर्याल र उपमेयरमा एमालेकै पद्मा गुरुङ विजयी हुनुभएको छ ।
मेयर पदका उम्मेदवार अर्यालले नौ हजार चार सय ७९ मत र उहाँका प्रतिस्पर्धी कांग्रेसका श्रीकान्त घिमिरेले सात हजार चार सय ७१ मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपमेयरमा एमालेका उम्मेदवार गुरुङले आठ हजार सात सय १४ र उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका हरिजङ्ग तामाङले चार हजार ६ सय ९९ मत प्राप्त गर्नुभएको छ ।
नगरपालिकाका ११ वटा वडामध्ये एमालेले सात वटा, कांग्रेसले दुई, माओवादीले एक स्वतन्त्र उम्मेदवारले एउटा वडाको अध्यक्ष पदमा जित हात पारेका छन् ।
प्रतिक्रिया